कारोबार


ब्ल्याक डेकरको एयर प्युरिफायर बजारमा उपलब्ध

ब्ल्याक डेकरको एयर प्युरिफायर बजारमा उपलब्ध

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १७:२०, काठमाडौँ

पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ। 

विशेषगरी हिउँदे सुख्खायामको यस समयमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) निरन्तर 'अस्वस्थकर' स्तर (आज १५० भन्दा माथि) पुगिरहेको सन्दर्भमा सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ब्ल्याक एन्ड डेकरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

बदलिँदो मौसम, धुलो र धुवाँका कारण आम नागरिकको दैनिक जीवन र श्वासप्रश्वास स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई लिएर कम्पनीले सजगता अपनाउन अनुरोध गरेको छ।

‘सीजी इलेक्ट्रोनिक्स सधैँ आफ्ना ग्राहकहरूको स्वास्थ्य, सुरक्षा र जीवनस्तर उकास्ने कुरामा प्रतिबद्ध छ। बाह्य वातावरणको प्रदूषणलाई तत्काल नियन्त्रण गर्न सम्भव नभए पनि, हाम्रो घर र कार्यालयभित्रको हावालाई सुरक्षित र स्वच्छ राख्न सकिन्छ’, सीजी इलेक्ट्रोनिक्सका आधिकारिक प्रवक्ताले भने, ‘नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, हामीले घरभित्रको प्रदूषण व्यवस्थापनका लागि एक भरपर्दो र प्रभावकारी समाधानको रूपमा ब्ल्याक+डेकरको एयर प्युरिफायरहरू बजारमा उपलब्ध गराएका छौँ।’

बाहिरको प्रदूषित हावा र पीएम२.५ जस्ता सूक्ष्म कणहरूबाट बच्न सामान्य भेन्टिलेसन मात्र पर्याप्त हुँदैन। यसै आवश्यकतालाई मध्यनजर गर्दै ल्याइएको ब्ल्याक एन्ड डेकरको एपी३५६०–बी५ एयर प्युरिफायरले आकर्षक डिजाइन र शक्तिशाली ३-चरणको फिल्टरेसन प्रणालीको संयोजनमार्फत तपाईंले फेर्ने हरेक सासमा शुद्धता र ताजगी सुनिश्चित गर्छ। यसमा विशेष ३-चरणको सुरक्षा प्रणाली जडान गरिएको छ।

जसमा प्रि-फिल्टर, हेपा १३ फिल्टर र एक्टिभेटेड कार्बन फिल्टर रहेका छन्। बढ्दो प्रदूषणको यस समयमा, सिजी इलेक्ट्रोनिक्स सम्पूर्ण आम नागरिकलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई स्वच्छ राख्न अनुरोध गर्दछ। ग्राहकको स्वास्थ्य र सहजतालाई ध्यानमा राखेर ल्याइएका ब्ल्याक+डेकरका एयर प्युरिफायरहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका शोरुमहरू र आधिकारिक बिक्रेताहरूमार्फत सहजै उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad