कारोबार


गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर

गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १७:५९, काठमाडौँ

घरेलु उपकरणहरूको लागि प्रतिष्ठित ब्रान्ड गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको छ। 

नेपाली परिवारहरूको दैनिक आवश्यकता, जलवायु र जीवनशैलीलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो उत्पादनले २३४ लिटरको क्षमतासँगै उन्नत स्वास्थ्य सुरक्षा र ऊर्जा दक्षता प्रदान गर्दछ।

यस गोदरेज आरटी जीएफई २५० मोडेलले नेपालमा हुने विद्युत् उतार-चढाव, खाना संरक्षणको चुनौती र स्वास्थ्य सुरक्षाको आवश्यकतालाई एकैसाथ सम्बोधन गरेको छ। यो रेफ्रिजरेटर मध्यम आकारका नेपाली परिवारहरूको हप्ताभरिको खाना आवश्यकतालाई पूरा गर्ने क्षमता राख्दछ।

प्रमुख विशेषताहरूमा बिल्ट इन स्टेबिलाइजर, एन्टीबी प्रविधि,  व्यवस्थित र ठूलो भण्डारण, ऊर्जा सक्षम डिजाइन र स्लिम र टिकाउ बनावटलगायत छन्। 

यो गोदरेज डबल डोर रेफ्रिजरेटर स्वास्थ्यप्रति सचेत गृहिणीहरू, र विद्युतीय समस्याबाट सुरक्षित टिकाउ उपकरण खोज्ने सबै उपभोक्ताहरूको लागि उपयुक्त छ। 

गोदरेज डबल डोर रेफ्रिजरेटर नेपालभर उपलब्ध छ। नेपालमा गोदरेज उत्पादनहरूको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स हो। यसले देशव्यापी वितरण नेटवर्क र गुणस्तर सेवा प्रदान गर्दछ। गोदरेज भारतको प्रतिष्ठित बहु-राष्ट्रिय समूह हो, जसले १२५ वर्षदेखि विभिन्न क्षेत्रहरूमा नवीनता र विश्वसनीयताका साथ सेवा प्रदान गर्दै आएको छ। 

घरेलु उपकरणहरूको क्षेत्रमा गोदरेजले टिकाउपन, ऊर्जा दक्षता र मूल्यको उत्तम समन्वयको रूपमा आफ्नो पहिचान कायम गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad