रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमई र साउदीको अग्रणी डिजिटल वालेट टीआईक्यूएमओबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता भएको छ।
गत माघ २७ गते साउदी अरबको राजधानी रियादमा एक विशेष कार्यक्रमबीच सम्झौता भएको हो। आईएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्धनिर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी, आईएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति थियो।
यो सम्झौता केवल एउटा कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्यको रहेको दुवै पक्षको भनाइ रहेको छ।
साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत 'नगदरहित' समाजतर्फ लम्किरहेको छ। अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ।
यो सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको आईएमईले जनाएको छ। यो साझेदारीले एउटा डिजिटल वित्तीय कोरिडोर निर्माण गरेको जनाउँदै आईएमईले यसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको छ। यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वासिलो बनाउने लक्ष्य राखेको छ।
सम्झौता भएसंगै आइएमईले टिक्मोमार्फत आइएमई गरौ, उपहार जितौं योजना सार्वजनिक गरेको छ। यही पुस २१ देखि चैत १७ सम्म सञ्चालनमा रहने यो योजनाअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ।
Shares

प्रतिक्रिया