कारोबार


नेपाली इन्स्योरेन्स कम्पनीलाई ग्लोबल कम्पनी बनाउन सहजीकरण गरिदिन अध्यक्ष ढकालको आग्रह

नेपाली इन्स्योरेन्स कम्पनीलाई ग्लोबल कम्पनी बनाउन सहजीकरण गरिदिन अध्यक्ष ढकालको आग्रह

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १३:२१, काठमाडौँ

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली इन्स्योरेन्स कम्पनीहरूको पुँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन्।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ केन्द्रीय भवन उदघाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष हेमराज ढकालले पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि सहजीकरण गर्न बीमा प्राधिकरणलाई आग्रह समेत गरे।

विदेशी इन्स्योरेन्स कम्पनीहरूले नेपालमा बजार विस्तार गरे जस्तै नेपाली इन्स्योरेन्स कम्पनीहरू पनि ग्लोबल कम्पनीका रूपमा स्थापित गर्ने समय आएको पनि अध्यक्ष ढकालले उल्लेख गरे।

सो अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको नियामक निकायका तर्फबाट नेपाली कम्पनीहरूको बीमा व्यवसायलाई विश्व बजारमा विस्तार गर्ने सोच तथा लक्ष्यप्रति प्राधिकरणको नीतिगत सहयोग रहने आश्वासन दिए।

बीमा प्राधिकरणको नीतिगत सहजीकरण र नेपाली बीमा कम्पनीहरूको विश्व बजारमा जाने लक्ष्यले बीमा बजार थप विस्तार हुने देखिएको छ।

आजै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले काठमाडौंको पानीपोखरीमा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा २ तल्ला पार्किङसहित १२ तल्लाको भव्य भवनबाट सेवा दिने गरी भवन उद्घाटन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad