कारोबार


शुक्रबारदेखि पुन: सञ्चालनमा आउँदै भरतपुरको भाटभटेनी सुपरस्टोर

शुक्रबारदेखि पुन: सञ्चालनमा आउँदै भरतपुरको भाटभटेनी सुपरस्टोर

नेपालखबर
चैत २६, २०८२ बिहिबार १३:३२, काठमाडौँ

चितवनको भरतपुरस्थित भाट-भटेनी सुपर स्टोर यही चैत २७ देखि पुन: सञ्चालनमा आउने भएको छ। 

सुपरस्टोर पुन: सञ्चालनमा आउनलागेको भाटभटेनीले जानकारी दिएको हो।

उक्त स्टोरले सोही दिनदेखि दैनिक रूपमा बिहान १०:०० बजेदेखि नियमित सेवा प्रदान गर्ने जनाइएको छ।

‘ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ’, भाटभटेनीले भनेको छ, ‘यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा राख्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad