कारोबार


नेपाल लाइफले ल्यायो विलम्ब शुल्कमा विशेष छुट दिने योजना

नेपाल लाइफले ल्यायो विलम्ब शुल्कमा विशेष छुट दिने योजना

नेपालखबर
बैशाख ७, २०८३ सोमबार ११:४०, काठमाडौँ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतित बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ।

वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा, सहज रूपमा नवीकरण बीमाशुल्क भुक्तानीमार्फत त्यस्ता व्यतीत बीमालेखहरू पुनः सक्रिय गरी बीमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको महसुस गर्दै कम्पनीले २०८३ वैशाख ७ देखि २०८३/०२/०५ सम्म व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट प्रदान गर्ने गरी विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३ लागू गरेको छ।

रजत जयन्तीको अवसरमा कम्पनीद्वारा बीमितहरूका लागि पहिलो पटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याइएको हो। ३० दिनको अवधिका लागि ल्याइएको यस अवसरलाई बीमालेख व्यतित भएका आम बीमितहरूले भरपूर रूपमा उपयोग गरी विलम्ब शुल्क छुटको लाभ लिन सक्नेछन्।

नेपाल लाइफले आफ्ना सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जीवन बीमा कम्पनी हो, जसले करिब ३० प्रतिशतसम्मको बजार हिस्सा ओगट्दै आएको छ। विगत २५ वर्षदेखि सेवारत कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्ताहरूको सशक्त नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  नेपाल लाइफ इन्स्योरेन्सले विगतदेखि नै ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए। बीमालेख व्यतित हुनु विभिन्न परिस्थितिहरूको परिणाम हुन सक्छ भन्ने यथार्थलाई मध्यनजर गर्दै, ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो विशेष छुट योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad