इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी (सीजी) ले नेपाली बजारमा आफ्ना चेष्ट फ्रिजरहरूको बृहत् रेन्ज उपलब्ध गराउँदै आएको छ।
कम्पनीका अनुसार ११० लिटरदेखि १००० लिटरसम्मको विशाल क्षमतामा उपलब्ध २८ वटा उत्कृष्ट मोडलहरू र कम्प्रेसरमा ६० महिना (५ वर्ष) को विशेष वारेन्टीका साथ सीजीले नेपाली उपभोक्ताहरूको मन जितिरहेको छ।
नेपालको बढ्दो गर्मी र तापक्रममा खाद्य सामग्रीहरूको सुरक्षा र ताजगी कायम राख्न सीजी चेष्ट फ्रिजर उपयोगी बनेको कम्पनीले उल्लेख गरेको छ।
यी फ्रिजरमा ६० महिनाको ढुक्क सेवा (५ वर्ष वारेन्टी), रोबस्ट एण्ड रिलायबल कम्प्रेसर, नेपाली व्यवसायको सारथि, उच्च कुलिङ रिटेन्सन र सजिलो किस्ताबन्दी र ० प्रतिशत ब्याजमै खरिद सुविधा रहेका छन्।
देशभर रहेका २१ वटा सिजी डिजिटलका शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइनमार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्। त्यस्तै, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको कम्पनीले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया