राजनीति


रोल्पामा गाडी दुर्घटना, १५ यात्रु गम्भीर घाइते

रोल्पामा गाडी दुर्घटना, १५ यात्रु गम्भीर घाइते

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १६:५, काठमाडौँ

रोल्पामा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने १५ जनाको अवस्था गम्भीर रहेको छ। 

बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, रोल्पाको थवाङ गाउँपालिका-१, जलजलामा बोलेरो दुर्घटना भएको हो। 

दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरूमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। एक जना भने सामान्य घाइते छन्। 

घाइतेको उद्धार कार्य जारी रहेको र उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाउन लागिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad