कारोबार


काठमाडौं मेरियट होटलले मनायो वार्षिकोत्सव

काठमाडौं मेरियट होटलले मनायो वार्षिकोत्सव

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १६:९, काठमाडौँ

लक्जरी होटल मेरियटले अप्रिल २८, २०२६ मा आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ।

नेपाललाई ग्लोबल हस्पिटालिटीको क्षेत्रमा स्थान दिलाउनुपर्छ भन्ने दृढ विश्वासबाट सुरु भएको यो यात्रा आज मानिस, साझेदारी र उद्देश्यको एक प्रेरणादायी कथामा परिणत भएको छ।

स्थापनादेखि नै काठमाडौं मेरियट होटलले केवल व्यवसाय सञ्चालन मात्र गरेको छैन, बरु यसले नेपालमा गहिरो जरा गाडेको छ। आफू स्थापित शहरबाट प्रेरणा लिँदै होटलले काठमाडौंको आत्मीयता, समृद्ध संस्कृति र धैर्यलाई आफ्ना सम्पूर्ण सेवाहरूमा समेटेको छ।

होटलका सञ्चालक गौरव अग्रवालले सुरुवाती दिनहरू सम्झँदै भने, “सात वर्षअघि यो केवल व्यवसायिक निर्णय मात्र थिएन, एउटा विश्वास थियो। नेपाल, यहाँका आत्मीय मानिस, समृद्ध संस्कृति र भव्य प्राकृतिक सौन्दर्यले विश्वकै हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट स्थान पाउन योग्य छ भन्ने विश्वास। त्यसबेला हामी केवल भवन निर्माण गरिरहेका थिएनौं, हामी विश्वासको जग हालिरहेका थियौं, उच्चस्तरीय मापदण्ड बनाइरहेका थियौं। हामी त बलियो प्रतिवद्धता निर्माण गरिरहेका थियौं।”

त्यस्तै, महाप्रबन्धक शंकुष महाजनले भने, “सात वर्षको यात्रा पार गरिसकेपछि अब हाम्रो लागि लक्जरी भनेको जिम्मेवारी पनि हो। जिम्मेवार स्रोत व्यवस्थापनदेखि ऊर्जा दक्षतासम्म, हामी एलईईडी गोल्ड सर्टिफाइड होटल हुन पाउँदा गर्व गर्छौं। यस स्थानलाई आजको स्वरूप दिन सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद।”

वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथीहरू, ग्राहकहरू, ट्राभल एजेन्ट तथा होटलसँग सम्बन्धित परिवार र शुभेच्छुकको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालका चर्चित पर्वतारोही, गिनिज वर्ल्ड रेकर्ड बनाउन सफल तथा पिओलेट डि’ओर एशिया प्राप्त गर्ने पहिलो नेपाली मिंग्मा डेभिड शेर्पाको उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad