कारोबार


दराजको बिग समर सेल : ८० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी

दराजको बिग समर सेल : ८० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी

नेपालखबर
बैशाख २१, २०८३ सोमबार ११:५१, काठमाडौँ

दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ। 

दराज ५.५, बिग समर सेल, वैशाख २१ (मे ४)को बेलुका ८ बजेदेखि सुरु हुने भएको हो। 

यो वैशाख २६ (मे ९) सम्म सञ्चालन हुनेछ। यस अवधिभर ग्राहकहरूले ८० प्रतिशतसम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी तथा ५५ लाख रुपैयाँबराबरका भौचरहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यस सेलले गर्मीको समयमा उत्कृष्ट किनमेलको अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ । 

दराजद्वारा आफ्ना उपभोक्तालाई अझ उत्साहजनक शपिंग अनुभव प्रदान गर्न समय समयमा सार्वजनिक हुँदै आएका विभिन्न सेलमा जस्तै यसमा पनि अझ उत्साह थप्दै विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन्। 

ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फ बाट १५ प्रतिशततसम्म, गोल्ड पार्टनर्स ब्रान्डहाउस, होनसा र मिनिमलिस्टका तर्फबाट ६० प्रतिशतसम्म तथा सिल्भर पार्टनर्स ¥होतो, नुलाइट र एमडब्ल्यूसीका तफ बाट ७०% सम्मको छुट पाउन सक्नु हुनेछन्। साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नु हुनेछन्। यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दाबी छ।

ग्राहकहरूले आफ्ना इच्छित सामग्रीहरुमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न “बेस्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुनेछ। यस आधारमा यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन यहाँ निर्धारित भन्दा कम मूल्यमा भेट्टाएमा, योग्यताको सर्तअनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ। यसले ग्राहकहरूलाई अझ विश्वस्त रूपमा किनमेल गर्न सहयोग पु¥याउने कम्पनीको दावी छ ।

दराज ५.५, बिग समर सेलको यस संस्करण अन्तर्गत, ग्राहकहरूले हल्का र स्टाइलिश फेशन सामग्रीदेखि घरलाई गर्मीअनुकूल बनाउन आवश्यक वस्तुहरू, स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरुमा समेत आकर्षक अफरहरू पाउन सक्नेछन्। नयाँ ग्याजेट, गर्मीका आवश्यक सामग्री वा दैनिक आवश्यक वस्तुहरू खरिद गर्न सकिनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad