कारोबार


रसुवाको धुन्चेमा ठूलो परिमाणमा भेपसहित ट्रक र चालक नियन्त्रणमा

रसुवाको धुन्चेमा ठूलो परिमाणमा भेपसहित ट्रक र चालक नियन्त्रणमा

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १३:३, काठमाडौँ

रसुवाको धुन्चेमा प्रहरीले ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको छ।

भन्सार भई सिल लगाईएको अवस्थाको ट्रक चेकजाँच गर्ने क्रममा भेप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी निरीक्षक तथा प्रवक्ता राजु शाहले जानकारी दिए। 

गत वैशाख १८ गते गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चे स्थिति अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरीले नियमित चेकिङ्ग टोलीले सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा ट्रकमा लुगाई राखेको अवस्थामा भेप बरामद गरिएको हो। 

रसुवा आाछोदिङमो गाउँपालिका वडा नम्बर ५ घर भएका ३४ वर्षिय रन्द्रि श्रेष्ठले चलाई रहेको ना ६ ख ८०२७ नम्बरको कन्टेनर डिब्बा गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कन्टेनर डिब्बाको अगाडी क्याबिनमा लुकाई छिपाई ल्याएको अवस्थामा ईएलएफबीएआर (३०के पफ) लेखिएको ४३६ थाप भेप फेला गरेको हो।  

उक्त परिणामको भेप र गाडीको अनुमाति लागत ३५ लाख ९० हजार रुपैयाँ रहेको छ। 

नियन्त्रणमा लिएको भेप, गाडी र चालकलाई प्रहरी कार्यालयले थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैशाख २० गते रसुवा भन्सार कायाृलय टिमुरे रसुवामा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad