भक्तपुरमा टिपरको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका-५ आदर्शस्थित भक्तपुर फ्यूल सेन्टर नजिक सडकमा बा.४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।
मृत्यु हुनेमा भारतको दरभंगा धोहीघाट घर भएका ४३ वर्षीय विसूनदेव सहनी छन्। उनको आइतबार राति मृत्यु भएको हो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल दुधपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
354
Shares

प्रतिक्रिया