राजनीति


यस्ता छन् मन्त्रिपरिषद्का चार निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का चार निर्णय

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १३:१६, काठमाडौँ

मन्त्रिपरिषद्को बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायतका चार वटा निर्णय गरेको छ। 

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चार वटा निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनका संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ राष्ट्रपतिले पुनविर्चारका लागि फिर्ता गरेकोमा पुनः सिफारिस गर्ने निर्णय भएको छ। 

त्यस्तै, परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय भएको पोखरेलले बताए। 

तेस्रो, भारतसँग जी टू जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय छ। 

चौथो निर्णयमा संसद् भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad