कारोबार


महासंघको पदाधिकारी छान्न भोट हाल्दै दुई हजार व्यवसायी, प्यानलमा हुँदै छ प्रतिस्पर्धा

महासंघको पदाधिकारी छान्न भोट हाल्दै दुई हजार व्यवसायी, प्यानलमा हुँदै छ प्रतिस्पर्धा

नेपाल उद्योग वाणिज्य महासंघको प्रज्ञा भवनमा भइरहेको मतदानका क्रममा (रासस)


नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १२:३६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनको लागि निर्वाचन जारी छ।

महासंघको ६०औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वचयनको प्रक्रिया अघि बढेको हो। 

मङ्गलबार बिहान १० बजेदेखि कमलादीस्थित प्रज्ञा भवन नयाँ नेतृत्व चयनको लागि निर्वाचन सुरु भएको हो।

महासंघमा एसोसिएटतर्फ विहान १० बजेबाट र वस्तुगत र जिल्ला नगर उद्योग वाणिज्य संघको मतदान भने केही बेरअघि बाट सुरु भएको हो।

महासंघको नेतृत्वको लागि चार उपाध्यक्ष र बाँकी सदस्य पदमा निर्वाचन हुँदै छ। त्यसमध्ये, जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष हुनेछन् भने बाँकी सदस्य पदका लागि निर्वाचन भइरहेको छ।

महासंघको नेतृत्व चयनका लागि २ हजारभन्दा बढी उद्योगी व्यवसायीले मतदान गर्ने बताइएको छ। 

महासंघको निर्वाचनमा व्यवसायीहरु हेमराज ढकाल र शिवप्रसाद घिमिरे प्यानल नै बनाएर चुनावी मैदानमा छन्।

महासंघमा चन्द्रप्रसाद ढकालपछि अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुँदै छन्। उनी अहिले महासंघमा वरिष्ठ उपाध्यक्ष छन।

महासंघको निर्वाचनमा भने अध्यक्ष चन्द्रप्रसाद ढकालले हेमराज ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले शिवप्रसाद घिमिरेलाई समर्थन गरिरहेका छन्। 

हेमराज ढकालको टिमबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, उमेश डालमिया चुनवाी मैदानमा छन्। त्यसैगरी, कल्पना गैरे जिल्ला नगर उपाध्यक्ष तथा कमला श्रेष्ठ महिला उपाध्यक्षमा चुनावी अभियानमा छिन्। 

घिमिरे समूहले भने कार्यसमिति चयनपछि मात्रै वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा गर्ने तयारी गरेको छ। घिमिरेको समूहमा एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे चुनावी मैदानमा छन्। जिल्ला नगरतर्फको उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad