कारोबार


एम्बार्क कलेजले गर्‍यो आर्थिक वृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

एम्बार्क कलेजले गर्‍यो आर्थिक वृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १३:२२, काठमाडौँ

एम्बार्क कलेजले युनिभर्सिटी अफ रोहम्प्टन (युके) सँगको प्राज्ञिक साझदारीमा ग्रोथ फोरम नेपाल : आर्थिक वृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गत शुक्रबार होटल हिमालय, ललितपुरमा आयोजना गरेको छ।

नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम विकासमार्फत प्रभावपार्नेू भन्ने मूल विषयमा आयोजित यो दिनभरीको मन्चले नेपाल र विदेशका नीति निर्माता, प्राज्ञिक विज्ञ, उद्योगी, उद्यमी, लगानीकर्ता तथा विकास साझदारीहरूलाई एउटै ठाउँमा ल्याई साना तथा मझौला उद्यम (एसएमई) तथा अतिसाना, साना र मझौला उद्यम (एमएसएमई) लाई केन्द्रमा राख्दै दिगो, समावेशी र नवप्रवर्तन केन्द्रित आर्थिक वृद्धिका व्यावहारिक बाटोहरूमा गहिरो छलफल भएको कलेजले जनाएको छ।

कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले एसएमईहरूलाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा लिएर  प्राज्ञिक संस्थाहरूले कक्षाकोठाका सिद्धान्त र बजारको यथार्थबीचको खाडललाई पुर्न प्रयास गर्नुपर्ने आग्रह गरेका थिए। उनले एम्बार्क रिसर्च रिभ्यु (ईआरआर) मार्फत नेपाल केन्द्रित अनुसन्धान संस्कृति निर्माणमा कलेजको प्रतिबद्धतालाई दोहोर्‍याएका थिए।

कार्यक्रममा अतिथि मन्तव्य राख्दै काठमाडौं विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक प्रा. डा. अच्युत प्रसाद वाग्लेले नीति चक्र र समृद्धि चक्रको अन्तरसम्बन्धित अवधारणा प्रस्तुत गरे। उनले नेपाल नीति छलफलमा मात्रौ केन्द्रित रही समृद्धि पक्षमा ध्यान दिन नसकेको बताए।

उनले एसएमईलाई स्वरोजगारका रूपमा हेर्ने निर्वाहमुखी मनोवृत्ति, बैंकिङ प्रणालीमा १२ खर्ब तरलता हुँदा हुँदै गत आर्थिक वर्षको विकास बजेटको करिब २५ प्रतिशत मात्र उपयोग भएको कम पुँजी अवशोषण संसद्, विश्वविद्यालय तथा सञ्चार माध्यममा आर्थिक छलफललाई राजनीतिक छायामा पार्ने प्रवृत्ति नै मुख्य तीन बाधक भएको बताए। उनले पुँजीलाई उत्पादन, निर्यात र रोजगारमा उपयोग गर्न आग्रह गरेका थिए। 

सम्मेलनमा हेल्थ फोर्लामेन्ट भारतका संस्थापक डा. रजेन्द्र प्रताप गुप्ताले जर्मनी, सिङापुर र कोलम्वियाका तुलनात्मक अनुभवहरू प्रस्तुत गरेका थिए। सो क्रममा उनले नेपालको हालको करिब १५ सय डलर प्रतिव्यक्ति गार्हस्थ्य उत्पादनलाई १० गुणा बढाउन आवश्यक रहेको बताएका थिए। 

सम्मेलनमा नेपालमा एसएमईका लागि नियमनकारी प्रणालीबारे प्यानल छलफल भएको थियो। यसमा सौरभ ज्योतिले सहजीकरण गर्दा नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल महिला उद्यमी सङ्घ महासङ्घ (एफआएनएफईआएन) की अध्यक्ष दर्शना श्रेष्ठ, एसएमआई व्यवसाय विद्यालय, टेक्नो इन्डिया युनिभर्सिटीका प्रमुख सल्लाहकार प्रा. कौस्तव मजुम्दारस र राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुङ्गानाले छलफल गरेका थिए।

सम्मेलनमा अतिथि वक्ता टेक्नो इन्डिया युनिभर्सिटीका प्रो भाइस चान्सलर प्रा. उज्ज्वल अनु चौधरीले एआई युगमा निरन्तर व्यवसायिक सिकाइबारे उल्लेख गरेकी थिइन्। सम्मेलनमा एसएमई विस्तारका लागि लगानी र वित्तीय मार्गहरूबारे छलफल भएको थियो।

दोस्रो प्यानल छलफलमा अतिसाना, साना र मझौला उद्यम (एमएसएमई) को वित्तीय आधारको यथार्थलाई केन्द्रमा राखिएको थियो।

नेपालखबरका परामर्श सम्पादक कुबेर चालिसेले सञ्चालन गरेको यो छलफलमा बिजनेस अक्सिजन प्रालिका अध्यक्ष एवं सीईओ सिद्धान्तराज पाण्डे, महिला उद्यमशीलता विकास समितिकी उपाध्यक्ष स्वर्ण ताम्राकार तथा औद्योगिक उद्यम विकास प्रतिष्ठान (आईईडीआई) का पूर्वकार्यकारी निर्देशक उमेश कुमार गुप्ता सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad