कारोबार


सीजीले कफी पारखीका लागि ल्यायो ‘ड्रिप कफी मेकर’

सीजीले कफी पारखीका लागि ल्यायो ‘ड्रिप कफी मेकर’

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १४:९, काठमाडौँ

इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी 'सीजी मेरिडिया' अन्तर्गत यसअघि बजारमा ल्याएको 'एस्प्रेसो मेकरले छोटो अवधिमै नेपाली कफी पारखीहरूको मन जित्न सफल भएको छ। 

नेपालमा बढ्दो कफी संस्कृति र हाल देशभर भइरहेको वर्षा तथा ओसिलो मौसमको समयमा तात्तातो पेय पदार्थको आवश्यकतालाई ध्यानमा राख्दै सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (एसडीए) पोर्टफोलियोलाई अझ विस्तृत बनाएको कम्पनीले जनाएको छ। 

यसै अनुरूप, घर वा अफिसमै 'क्याफे' जस्तै फ्रेस 'ब्रुअड कफी'को आनन्द दिन कम्पनीले अत्याधुनिक सीजीएमआरसीएमओ२ मोडलको 'ड्रिप कफी मेकर' सार्वजनिक गरेको छ।

पछिल्लो समय नेपालमा कफी पिउने संस्कार एउटा जीवनशैली नै बनिसकेको छ। उपभोक्ताहरू अब सामान्य 'इन्स्ट्यान्ट कफी' मा मात्र सीमित नभई, कफीको वास्तविक सुगन्ध र स्वाद रुचाउन थालेका छन्। एस्प्रेसो मेकरले कडा कफीको चाहना पूरा गर्छ भने 'ड्रिप कफी' विश्वभर नै घर र कर्पोरेट अफिसहरूमा सबैभन्दा धेरै रुचाइने सरल 'ब्रुइङ' विधि हो। तातो पानी बिस्तारै कफीको धूलोमाथि तप्किएर  बन्ने यो विधिले कफीको प्राकृतिक सुगन्ध र स्वादलाई उत्कृष्ट रूपमा बाहिर ल्याउँछ। एकैपटक धेरै मात्रामा कफी बनाएर पिउन रुचाउने परिवार र कर्पोरेट अफिसका लागि यो स्मार्ट उपकरण सबैभन्दा उपयुक्त विकल्प हो।

सीजी मेरिडिया ड्रिप कफी मेकरमा १.२५ लिटरको ग्लास क्याराफे, समयको बचत र शक्तिशाली पर्फर्मेन्स, वर्मिङ प्लेट, एन्टी-ड्रिप स्टप मेकानिजम, सुरक्षा र ऊर्जा बचतजस्ता विशेषता छन्। 

यो नयाँ कफी मेकर देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सीजी डिजिटल र एलजी ब्रान्ड शप ), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन पोर्टलमार्फत सहजै खरिद गर्न सकिन्छ। साथै, ४० भन्दा बढी सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको भरपर्दो प्राविधिक सहयोग सुनिश्चित गरिएको कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad