कारोबार


खल्ती इन्फ्लुएन्सर अवार्डको घोषणा

नेपालका डिजिटल क्रिएटरहरूका लागि देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च
खल्ती इन्फ्लुएन्सर अवार्डको घोषणा

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १८:४७, काठमाडौँ

आइएमई खल्ती लिमिटेड (खल्ती) ले "आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड" को घोषणा गरेको छ।

अवार्ड मार्फत डिजिटल सामग्री उत्पादक (कन्टेन्ट क्रिएटर) हरूमा समर्पित देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च औपचारिक रूपमा सुरु भएको छ भने साउन १६, २०८३ मा 'ग्र्यान्ड फिनाले' सम्पन्न हुनेछ।

यो अवार्डले नेपालको क्रिएटर इकोनोमीलाई संस्थागत गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ। यसमा दुई सयभन्दा बढी प्रभावशाली व्यक्तित्वहरूलाई राष्ट्रिय पहिचान, ब्रान्ड साझेदारीका अवसर र नयाँ प्रतिभाहरूको प्रवर्द्धनका लागि मञ्च प्रदान गरिनेछ।

यो अवार्ड खल्तीको तर्फबाट नेपालको उदीयमान क्रिएटर इकोनोमीलाई संस्थागत रूप दिने प्रयास हो भने यसले सिर्जनशीलता, मौलिकता र डिजिटल उत्कृष्टतालाई एक गम्भीर राष्ट्रिय कलाका रूपमा मान्यता दिनेछ।

खल्ती इन्फ्लुएन्सर अवार्डका तीन मुख्य विशेषताहरू छन्। जसले यसलाई परम्परागत इन्फ्लुएन्सर अभियानहरूभन्दा फरक बनाएको छ । 

  • स्थापित क्रिएटरहरूको सम्मान: लामो समयदेखि योगदान दिँदै आएका नेपालका अग्रणी डिजिटल क्रिएटरहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने । 
  • उदीयमान प्रतिभाहरूका लागि मञ्च: साना तर वास्तविक प्रतिभा भएका क्रिएटरहरूलाई पनि स्थापित नामहरूकै बराबर अवसर सुनिश्चित गर्ने ।
  • सामाजिक सन्देश: क्रिएटरहरूको सांस्कृतिक प्रभावलाई नेपाली समाजका लागि अर्थपूर्ण योगदान दिने दिशामा परिचालन गर्ने ।

यो  अवार्डलाई सहयोग गरेर आईएमईले मनोरञ्जन क्षेत्रमा मात्र होइन, नेपालको सिर्जनात्मक पूर्वाधार र विश्वव्यापी नेपालीहरूलाई जोड्ने विभिन्न सांस्कृतिक क्षेत्रहरूमा लगानी गरिरहेको छ।

अवार्डका चार चरण
• दर्ता प्रक्रिया (वैशाख १ – असार १, २०८३): इच्छुक क्रिएटरहरूले खल्ती एपमार्फत आफ्नो आवेदन निःशुल्क दर्ता गर्न सक्नेछन् । मनोरञ्जन, जीवनशैली, खाना, खेलकुद, प्रविधि, यात्रा, फिटनेस र स्वास्थ्य, फेसन र सौन्दर्य, शिक्षा र वित्त, तथा खेलकुद लगायतका विविध श्रेणीहरूमा सहभागिता खुला छ ।

• छनोट र मूल्याङ्कन (असार १ – असार १०, २०८३): विशेष जुरी टोलीले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी असार १० गते 'शीर्ष १००' क्रिएटरहरूको घोषणा गर्नेछ ।

• भोटिङ र कन्टेन्ट च्यालेन्ज (असार ११ – साउन १६, २०८३): छनोट भएका क्रिएटरहरूले आफ्नो सिर्जनशीलता प्रदर्शन गर्न मौलिक सामग्री तयार गर्नेछन् । यस चरणमा खल्ती एपमार्फत सार्वजनिक भोटिङ खुला हुनेछ जसमा क्रिएटरको योग्यता, जुरी मूल्याङ्कन र दर्शक सहभागिता तीनै पक्षलाई न्यायोचित रूपमा भार दिइने सुनिश्चित गरिनेछ ।

• ग्र्यान्ड फिनाले (साउन १६, २०८३): काठमाडौँमा आयोजना हुने भव्य समापन समारोहमा सबै श्रेणीका विजेताहरूको घोषणा र सम्मान गरिनेछ ।

जुरी टोली
मिडिया, कला र डिजिटल संस्कृति लगायत विविध क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सम्मिलित विशेष जुरी टोलीले अवार्डको मूल्याङ्कन गर्नेछ ।
पुरस्कार र अवसरहरू

विजेता र छनोटमा परेका क्रिएटरहरूले दीर्घकालीन विकासका लागि डिजाइन गरिएका विभिन्न पुरस्कार प्राप्त गर्नेछन् जसमा राष्ट्रिय पहिचान, मेन्टरशिप, नेपालका अग्रणी ब्रान्डहरूसँग विशेष ब्रान्ड साझेदारीका अवसरहरू र खल्तीको इकोसिस्टममार्फत निरन्तर प्रवर्द्धन समावेश छन्।

यो पहलको लक्ष्य एकपटकको पुरस्कार होइन क्रिएटरहरूले आफ्नो कलालाई व्यावसायिक रूप दिन सक्ने दिगो मार्गहरू निर्माण गर्नु पनि हो।

कसरी सहभागी हुने?
क्रिएटरहरूले खल्ती एपमार्फत प्रत्यक्ष रूपमा दर्ता गर्न सक्नेछन्। कार्यक्रमको पूर्ण विवरण, श्रेणी विवरण र समयरेखा अद्यावधिकका लागि खल्तीको आधिकारिक इभेन्ट पेजमा हेर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad