ad ad

कारोबार


विदेशमा आकर्षक तलब पाइने लोभमा पर्दा....

विदेशमा आकर्षक तलब पाइने लोभमा पर्दा....

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर २१, २०७९ बुधबार ६:१५, काठमाडौँ

विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिइरहेका छन्। प्रहरीमा भने न्यून उजुरी पर्ने गरेका छन्।   

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गरे पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेका छन्। पोर्चुगल पठाइदिने नाममा रु २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। उनीबाट चार व्यक्ति ठगिएका छन्। 

झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले यसरी विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। घिमिरेले उमेश अधिकारीसमेत चार जनालाई वर्किङ भिसामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ। आचार्यले पोर्चुगल जान रु १२ लाख लाग्ने बताएर ठगी गरेको खुलेको छ। 

यसरी पोर्चुगल गएपछि मासिक रु एक लाख कमाइ हुने भनी प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट रु २७ लाख असुलिएको खुलेको छ। आचार्यलाई थप कारबाहीका लागि मंगलबारै वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा बुझाइएको छ। 

प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा नुवाकोटको ओखरपौवा घर भई काठमाडौँको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पनि बालाजुबाट पक्राउ गरेको छ। उनीविरुद्ध रु चार लाख ५० हजार बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .