कारोबार


खाडी तनाव : सरकारले रोक्यो इजरायलसहित १२ देशको श्रम स्वीकृति

खाडी तनाव : सरकारले रोक्यो इजरायलसहित १२ देशको श्रम स्वीकृति

नेपालखबर
फागुन १७, २०८२ आइतबार १८:२६, काठमाडौँ

सरकारले खाडी देशमा पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै एक दर्जन देशको लागि श्रम स्वीकृति रोकेको छ। 

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको हो। 

१७ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट यो कदम चालेको विभागले जनाएको छ। 

यी देशमा रोजगारीका लागि विभाग र अन्तर्गतका निकायबाट प्रदान गरिने श्रम स्वीकृति अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सूचनामा उल्लेख छ। 

अमेरिका र इजरायलले शनिबारदेखि सुरु गरेको इरानविरुद्धको आक्रमण र त्यसविरुद्ध इरानले गरेको प्रत्याक्रमणले खाडी देशहरुमा अशान्ति छाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad