कारोबार


सर्वोच्चले तोडिदियो सुन खरिदमा ‘सिन्डिकेट’, संघमा आबद्ध नभएकाले पनि आयात गर्न पाउने

सर्वोच्चले तोडिदियो सुन खरिदमा ‘सिन्डिकेट’, संघमा आबद्ध नभएकाले पनि आयात गर्न पाउने

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १६:३१, काठमाडौँ

सर्वोच्च अदालतले व्यवसायीहरूका संघ-संगठनमा आबद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्न अन्तरिम आदेश दिएको छ। 

न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनचाँदी व्यवसायी महासंघको सुन खरिदमा रहेको एकाधिकार तोड्ने गरी अन्तरिम आदेश दिएको हो। 

रिद्धिसिद्धि ज्वेलर्स प्रालिका तर्फबाट सागर ढुंगानाले सर्वोच्च अदालतमा दिएको निवेदनमा सर्वोच्चले यस्तो आदेश दिएको हो।

निवेदनमा नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय तथा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई विपक्षी बनाइएको थियो। 

आदेशमा सर्वोच्चले नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा जोकोही व्यवसायीलाई सुन खरिद गर्न दिन आदेश भनेको छ।

राष्ट्र बैंकको उक्त कार्यविधिमा व्यवसायीले एक संघ-महासंघबाट मात्र सुनको सिफारिस लिन पाउने व्यवस्था गरिएको छ। व्यवसायीहरूको संघ-संगठनमा आबद्ध सुनको कारोबार गर्ने अनुमति प्राप्त व्यवसायीहरूले मात्र सुन खरिद गर्न पाउने व्यवस्था गर्दा त्यस्तो संघसंगठनमा आबद्ध नभएका व्यवसायीहरूले सुन खरिद गर्न नपाई पेसा व्यवसाय सञ्चालन गर्न पाउने संविधानले दिएको मौलिक हकमा आघात पुग्ने सर्वोच्चले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad