कर्णाली प्रदेशसभाले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।
बिहीबार बसेको कर्णााली प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।
जेठ २१ गते कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभा नियमावलीको नियम ३७ (४) बमोजिम बहुमतबाट पारित भएको सभामुख नन्दा गुरूङले घोषणा गरिन्।
उक्त नीति तथा कार्यक्रममाथि २३ गतेदेखि छलफल सुरु भएको थियो। ३ दिनसम्म चलेको छलफल थियो।
यस्तै, छलफलका क्रममा प्रतिपक्ष दलका केही सांसदहरुबाट संशोधन प्रस्ताव पनि दर्ता गराएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख संचेतक टेकराज पछाई, एमालेका सांसद जीतबहादुर मल्ल र विनोदकुमार शाहले संशोधन प्रस्ताव दर्ता गराएका थिए।
उनीहरुले दर्ता गराएका संशोधन प्रस्ताव बिहीबारको बैठकबाट कुल सदस्यहरुको बहुमतबाट अस्वीकृत भएको छ।
कर्णाली प्रदेश सरकारले वार्षिक १० हजार युवालाई रोजगारी दिने लक्ष्यसहित कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालिन सोचअनुसार आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिवी निवारण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता विकासलाई लक्षित गर्दै नीति तथा कार्यक्रम ल्याइएको छ।
Shares
प्रतिक्रिया