कोसी प्रदेश सरकारले आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड परिमार्जन गरेको छ।
सडक पूर्वाधारका लागि पहाडी जिल्लामा बढीमा ३० करोड र तराईंका जिल्लामा बढीमा २५ करोड रुपैयाँसम्मका बहुवर्षीय आयोजना मात्रै स्वीकृत गर्ने भएको छ।
कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त व्यवस्था गरेका हुन्। विगत लामो समयदेखि स्रोत सुनिश्चित भएर सम्पन्न हुन नसकेका आयोजनालाई सक्न स्रोत जुटाइने भएको छ।
त्यस्तै, कोसी प्रदेशले २०८३ साउनदेखि २०८५ असारसम्म भ्रमण वर्ष मनाउने घोषणा गरेको छ। आन्तरिक, अन्तर प्रदेश तथा विदेशी पर्यटकलाई कोसी प्रदेश भ्रमण गराउनका लागि १२ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
3
Shares

प्रतिक्रिया