कोका–कोला उत्पादक बोटलर्स नेपालले गत वर्ष डेढ अर्ब खुद नाफा आर्जन गरेको छ।
बोटलर्स नेपाल लिमिटेडले ८७ करोड र बोटलर्स नेपाल (तराई)ले ६८ करोड खुद नाफा गरेका हुन्।
बोटलर्स नेपाल लिमिटेडको सञ्चालन आय १२ अर्ब ६४ करोड ७१ लाख ४७ हजार, कुल नाफा ३ अर्ब ६४ करोड, अन्य सञ्चालन आय साढे ३ करोड, सञ्चालन नाफा १ करोड ५० लाख रहेको छ। त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४१७ रुपैयाँ रहेको छ।
बोटलर्स नेपाल तराईतर्फ कम्पनीको सञ्चालन आय ९ अर्ब २२ करोड, कुल नाफा २ अर्ब ५७ करोड, अन्य आय साढे ८ करोड, सञ्चालन नाफा १ अर्ब १७ करोड रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ५६५ रुपैयाँ रहेको छ।
30
Shares
प्रतिक्रिया