सेयरबजारमा आज २७ अंकको सुधार देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २७.७२ अंकले बढेको हो।
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ५.४१ अंकले बढेको छ।
बजारमा आज २२० कम्पनीको ५१ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४१ हजार पटकको खरिदबिक्रीसँगै कुल कारोबार रकम २ अर्ब पुगेको छ।
बिहान ११ बजे खुलेयता सेयरबजार परिसूचक उकालो लाग्नथालेको थियो। २ बजे उच्च विन्दुमा पुगेर केही उतारचढावपछि २०६८.४२ विन्दुमा नेप्से पुगेको हो।
बिहीबार सबै उपसूचकहरु हरियो रहेका छन्। तर उल्लेख्य वृद्धि देखिएको छैन। योसँगै आज १७१ कम्पनीको सेयर बढेको, १२ वटाको घटेको र ३ वटाको उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ।
कसले कमाए?
आज मन्दाकिनी हाइड्रोपावर र अपर सोलुका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। त्यस्तै, श्वेतगंगा, अपर हेवाखोला र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले पनि क्रमशः ९.९७, ९.९६ र ८.९३ प्रतिशत कमाएका छन्।
गुमाउने लगानीकर्ताको सेयर झण्डै ४ प्रतिशतसम्मले घटेको नेप्सेले जनाएको छ। आज रिडी पावर कम्पनीको सर्वाधिक १० करोडको कारोबार भएको छ।
Shares
प्रतिक्रिया