आतिथ्य तथा खाद्य उद्योगसँग सम्बन्धित व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले ‘फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२६’ प्रदर्शनी काठमाडौँमा सुरु भएको छ।
ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्टले आयोजनामा बिहीबार सुरु भएको ११औँ संस्करणको प्रदर्शनी शनिबारसम्म चल्नेछ। प्रदर्शनीमा खाद्य तथा पेय पदार्थ, होटल तथा रेस्टुरेन्ट व्यवस्थापन, किचन उपकरण, सप्लाई चेन, आतिथ्य सेवा लगायत क्षेत्रसँग सम्बन्धित कम्पनी, उद्यमी र सरोकारवालाको सहभागिता छ।
प्रदर्शनीले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डलाई एकै ठाउँमा ल्याउँदै नयाँ प्रविधि, सेवा र उत्पादनको प्रदर्शन गर्ने अवसर प्रदान गर्ने जनाइएको छ।

































63
Shares

प्रतिक्रिया