सामसङले ग्यालेक्सी एस२३ सिरिज नेपालमा सार्वजनिक गरेकाे छ।
कम्पनीले ग्यालेक्सी एस २३, एस २३ प्लस र ग्यालेक्सी एस २३ अल्ट्रा माेबाइलकाे सार्वजनिक गरेकाे हाे।
सामसङ्गका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणय रत्न स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियका रानी जोशीले नयाँ सिरिज लञ्च गरेका छन्।
सार्वजनिक कार्यक्रममा सञ्चार सचिव बैकुण्ठ अर्यालले विश्व बजारमा पहिला नै आइसके पनि नेपालमा भर्खर आएकाे बताएका छन्। नेपालमा २५ प्रतिशत प्रयाेगकर्ता स्मार्ट फाेन नै प्रयाेग नगर्ने अवस्था रहेकाे बताए।
विदेशमा कम मूल्यमै पाइने र नेपालमा बढी पर्ने हुँदा माेबाइलकाे मूल्य घटाउन केही गर्न सकिने विषयमा चासाे राखेका थिए।
नेपालमै स्मार्ट फाेन उत्पादन गर्दा माेबाइलकाे मूल्य घटाउन सकिने बताए। सामसङले टिभी नेपालमै प्लान्ट थालेकाले स्मार्ट फाेन पनि बनाउन सकिने विषयमा ध्यान दिन आग्रह गरे।
सामसङ्गका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित रहेकाे बताए।
ग्यालेक्सी एस२३ स्मार्टफोनहरुमा प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएका छन्।
उत्कृष्ट क्यामराले ट्रान्सफरमेटिभ एआईको साथमा वास्तवमै सिनेम्याटिक नाइतोग्राफि भिडियोहरु खिच्ने कलालाई प्रदर्शन गर्ने व्यापक स्वतन्त्रता प्रदान गर्ने कम्पनीले उल्लेख गरेकाे छ। माेबाइलमा ५ हजार एमएचकाे ब्याट्री रहेकाे छ।
१२ जीबी र्याम र ५१२ स्टाेरेज रहेकाे माेबाइलकाे मूल्य २ लाख ९ हजार रहेकाे छ। ८ जीबी र्याम र २५६ जीबी स्टाेरेजकाे १ लाख २७ हजार मूल्य ताेकेकाे छ।
कम्पनीले मासिक ६ हजार ४०० किस्तामा माेबाइल खरिद गर्न सकिने उल्लेख गरेकाे छ।
प्रतिक्रिया