डिजिटल सिकाइ र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले यही ११ गते डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिएको छ।
एडचेन्ज नेपाल संस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रम आयोजना गर्न लागेको हो।
होटल हिमालय, कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम रहेको छ।
डिजिटल लर्निङ डे, सन् २०१२ देखि एलायन्स फर एक्सिलेन्ट एजुकेशन नामक सस्थाले विश्वभर सुरु गरेको एउटा अभियान हो। फ्रेब्रुअरी महिनाको तेस्रो हप्ताको बिहिबारको दिन विश्वका सर्यौ देशहरुमा डिजिटल लर्निङ डे मनाउने गरिन्छ। यस वर्ष नेपालमा शिक्षामा परिवर्तनको स्लोगन सहित काम गरिरहेको एडचेन्ज नेपालले आयोजना गरिरहेको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले मुख्य वक्ताको रुपमा प्रस्तुति गर्नेछन्।
यसैगरी नेपाल खुल्ला विश्वविद्यालयका सहप्राध्यापक डा. भोजराज घिमिरे र काडिंगल भारतमा सह सस्थापक सत्यम वर्नवालको कार्यपत्र प्रस्तुति रहने जनाइएको छ।
प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, युनेस्को, प्याब्सन र अन्य संस्थाहरुबाट विशिष्ट व्यत्तिहरुबिच अन्तर्क्रिया सञ्चालन हुनेछ। आइडिया पिचिङको रुपमा शिक्षकहरुले टिचिङ अभ्यासबारे नयाँ आइडियाहरु प्रस्तुत गर्ने कार्यक्रम छ।
कार्यक्रमले डिजिटल शिक्षाको लागि नयाँ अवधारणा बनाउनेसँगै आवश्यक नीति र योजनाहरुमा सघाँउ पुर्याउने आयोजकले विश्वास लिएको छ।
प्रतिक्रिया