कारोबार


डिपसिकले बाइटडान्सलाई प्रयोगकर्ताको डेटा दिएको पायौँ : दक्षिण कोरिया

डिपसिकले बाइटडान्सलाई प्रयोगकर्ताको डेटा दिएको पायौँ : दक्षिण कोरिया

नेपालखबर
फागुन ७, २०८१ बुधबार १७:२४, काठमाडौँ

दक्षिण कोरियाले चिनियाँ एआई स्टार्टअप डिपसिकले प्रयोगकर्ताको डेटा चीनमा टिकटकको मातृकम्पनीलाई दिएको आरोप लगाएको छ। 

‘डिपसिकले बाइटडान्ससँग सम्पर्क गरिरहेको हामीलाई थाहा छ’, कोरियाली डेटा संरक्षण नियामकले योनहाप न्युज एजेन्सीसँग भनेको छ। 

कोरियाले यसअघि नै एपस्टोरहरुबाट डिपसिक एप हटाइसकेको छ। 

जनवरीमा डिपसिकले विश्वमा तहल्का मच्चाएको थियो। अमेरिकी एआई कम्पनी च्याटजीपीटीभन्दा सस्तो लागतमै डिपसिकले अब्बल क्षमता प्रदर्शन गरेपछि विश्वका ठूला प्रविधि कम्पनीको सेयर नै अवमूल्यन गराएको थियो। 

त्यसयता विश्वका कतिपय देशमा डिपसिकले डेटा राम्रोसँग संरक्षण गर्न नसक्ने भन्दै सरकारी निकायको ध्यान तानेको थियो। फेब्रुअरीमा अमेरिकी साइबर सुरक्षा कम्पनीले डिपसिक र बाइटडान्सबीच डेटा आदानप्रदान भएको आरोप लगाएको थियो। 

अमेरिका, बेलायतजस्ता देशमा डिपसिकले एपस्टोरमा शीर्षस्थान पाएको थियो। यद्यपि अहिले भने निकै तल झरिसकेको बीबीसीले उल्लेख गरेको छ। 

दक्षिण कोरियामा मात्रै १० लाखभन्दा बढी पटक यो एप डाउनलोड भइसकेको छ। अहिले भने एप्पलस्टोर र गुगल एपस्टोरमा यो उपलब्ध छैन।

पर्सनल इन्फरमेसन प्रोटेक्सन कमिसन (पीआईपीसी)ले उक्त समाचार संस्थालाई डेटा आदानप्रदान भएको भने पनि कुन डेटा आदानप्रदान भएको खुलाएको छैन। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad