सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १ टीबी नेपाली बजारमा सार्वजनिक गरेको छ।
मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टीबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ अल्ट्रा १ टीबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले तपाईँका फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चिन्ता नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ। सामसङको एआई–फस्र्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ।
अरू भेरिएन्तहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टीबी भेरिएन्तले तपाईँको कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिने कम्पनीको दाबी छ। त्यसबाहेक यसमा एआई फिचरहरु पनि पर्याप्त मात्रामा राखिएका छन्।
यो फोन वैशाख ४ देखि नेपालभरका सामसङका आधिकारिक स्टोरहरुमा उपलब्ध हुने कम्पनीको भनाइ छ।
ग्यालेक्सी एस३५ अल्ट्रा १२जीबी÷१टीबीको मूल्य २ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ छ।
सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधामार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ० प्रतिशत ब्याजमा ग्यल्केसी एस२५ अल्ट्रा १ टीबी मासिक ११ हजार ७५० रुपैयाँ ईएमआईसम्मबाट प्राप्त गर्न सकिनेछ।
यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ । साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइनेछ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।
Shares

प्रतिक्रिया