कारोबार


कार्ल्सबर्ग क्लासिक २०२६ (गोकर्ण संस्करण) मा तेन्जिङ विजयी

कार्ल्सबर्ग क्लासिक २०२६ (गोकर्ण संस्करण) मा तेन्जिङ विजयी

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १२:३, काठमाडौँ

शनिबार गोकर्ण गल्फ क्लबमा सम्पन्न कार्ल्सबर्ग गल्फ क्लासिक (गोकर्ण संस्करण) मा तेन्जिङ छिरिङ विजयी भएका छन्।

शून्य ह्यान्डिक्यापमा खेलेका तेन्जिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन्। यस जितसँगै उनले मलेसियामा गल्फ यात्रा, गल्फ ब्याग तथा अन्य उपहारहरू प्राप्त गरे। उनले बोगी-रहित उत्कृष्ट खेल प्रदर्शन गर्दै ८, ११ र १३औँ होलमा बर्डी बनाए।

संयोग शाही ३७ अंकसहित काउन्टब्याकका आधारमा उपविजेता बने। सात ह्यान्डिक्यापमा खेलेका उनले अगाडिको नौ होलमा १६ र पछाडिको नौ होलमा २१ अंक जोडे।

ताशी छिरिङले बेस्ट ग्रस र मोस्ट बर्डीज दुवै उपाधि जिते। उनले ३९ ग्रस अंकसहित बेस्ट ग्रस जित्दा पाँच बर्डी बनाउँदै मोस्ट बर्डीजको उपाधि समेत हात पारे।

महिलातर्फ सुष्मा सिंह ३८ अंकसहित विजेता बनिन्। उनले पनि पुरुष विजेतासरह मलेसियामा गल्फ यात्रा सहितका पुरस्कार प्राप्त गरिन्। तारा कार्की चित्रकार ३३ अंकसहित उपविजेता बनिन्।

६० वर्ष वा सोभन्दा माथिका सिनियर खेलाडी तर्फ बाबु शेर्पा ३६ अंकसहित विजेता बने। उनले अगाडिको नौ होलमा १५ र पछाडिको नौ होलमा २१ अंक जोडे।

शंकर मान रोक्काले ‘क्लोजेस्ट टु द पिन’ अवार्ड जिते भने डार्टानियन जर्कीले ‘लङ्गेस्ट ड्राइभ’ जिते।

गोरखा ब्रुअरी प्रा.लि.को प्रायोजनमा आयोजित प्रतियोगितामा कुल १११ खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता ¾ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड ढाँचामा खेलाइएको थियो।

विजेताहरूलाई गोरखा ब्रुअरीका वित्त निर्देशक अमर वैद्य, सेल्स निर्देशक काजिमान सुब्बा, मार्केटिङ निर्देशक रोजन् अमात्य, कानुनी तथा कम्प्लायन्स निर्देशक प्रतिमा बर्मा, पिपल एण्ड कल्चर निर्देशक दिनेश मान श्रेष्ठ, ब्रान्ड म्यानेजर ईशा पौडेल, साथै गोकर्ण गल्फ क्लबका अध्यक्ष सुदृढ घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad