ad ad

निर्वाचन विशेष


सुनसरी र मोरङका १९ वडाको अन्तिम परिणाम : एमाले र कांग्रेसलाई ८/८ वडा

माओवादी, राप्रपा र समाजवादीले पनि जिते १/१ वडा
सुनसरी र मोरङका १९ वडाको अन्तिम परिणाम : एमाले र कांग्रेसलाई ८/८ वडा

सुमन पुरी
जेठ १, २०७९ आइतबार १३:१२, विराटनगर

सुनसरी र मोरङमा अहिलेसम्म १९ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 

तीमध्ये एमाले र कांग्रेसले समान ८ वडाको अध्यक्षमा विजय हासिल गरेका छन्। समाजवादी, माओवादी र राप्रपाले एक–एक वडामा जित निकालेका छन्। 

सुनसरीमा अहिलेसम्म एमालेले ३, कांग्रेस, राप्रपा  र समाजवादीले एउटा–एउटा वडामा विजय हासिल गरेका छन्। 

एमालेले सुनसरीको धरान उपमहानगरको वडा नम्बर २, दुहवीको वडा नम्बर १ र वर्जु गाँउपालिकाका १ नम्बर वडामा जिजय हासिल गरेको छ। 

कांग्रेसले इटहरी उपमहानगरपालिका २०, भोक्राह नरसिंह १ मा राप्रपा र हरिनगर गाँउपालिका ७ मा एकीकृत समाजवादीले वडाअध्यक्ष जितेको छ। 

धरानमा एमालेका रमेश राईले ७४८ र कांग्रेसका सुधिर सिंह लिम्वूले ६२७ मत प्राप्त गरे। यस्तै दुहवी १ मा एमालेका मोहम्मद अजुल हुस्सेनले ९२९ र कांग्रेसका जाकिर हुस्सेन मियाँले ८१३ मत प्राप्त गरे। 

बर्जु वडा नम्बर १ मा एमालेका दिलबहादुर गुरुंगले ९३९ र कांग्रेसका मनोज कुमार गच्छदारले ६३४ मत प्राप्त गरे। 

एकीकृत समाजवादीका उम्मेदवार मोजमिल खाँले हरिनगर ७मा ५६६ र जसपाका नौसाद आलाम अन्सारीले ४६२ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जानकारी दिएको छ। 

सुनसरीको भोक्राह नरसिंह ७ मा राप्रपाका लक्ष्मण मेहताले १०९० र नेपाली कांग्रेसका युवराज दाहालले ६३४ मत प्राप्त गरे। इटहरीको वडा नम्बर २० मा मणिराम श्रेष्ठसहितको प्यानल विजयी भएको छ। 

उनी नेपाली कांग्रेसबाट प्रत्याशी थिए। 

मोरङमा अहिलेसम्म १३ जना वडाध्यक्ष विजयी भएका छन्। जसमा सबैभन्दा बढी नेपाली कांग्रेसका ७, एमालेका ५ र माओवादी केन्द्रबाट १ जना निर्वाचित भएका छन्।

कानेपोखरी गाउँपालिका १ मा रत्न बहादुर कार्की, जहदा गाउँपालिका ७ मा भगवान मरण्डी, मिक्लाजुङ गाउँपालिका १ मा पर्वत राई र २ मा बलबहादुर श्रेष्ठ कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन्। 

त्यसैगरी लेटाङ नगरपालिका ९ मा नन्दप्रसाद खतिवडा, सुनबर्षी नगरपालिका १ मा वीर बहादुर राई र २ मा विनोद कुमार राजवंशी वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका हुन्।

एमालेबाट वडाध्यक्षमा कटहरी गाउँपालिका १ मा छरिनारायण राजवंशी, कानेपोखरी गाउँपालिका ७ मा मोहन प्रसाद अधिकारी, केराबारी गाउँपालिका १ मा शरण थापा मगर, ग्रामथान गाउँपालिका ७ मा विरेन्द्र चौधरी र लेटाङ नगरपालिका १ मा विष्णु मगर निर्वाचित भएका हुन्।

मोरङमा माओवादी केन्द्रले धनपालथान गाउँपालिका १ मा खाजा हुसैन मियाँ निर्वाचित भएको  प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .