विभिन्न प्रलोभनमा परी म्यानमार पुगेर फसेका तीन नेपालीको उद्धार गरिएको छ। उनीहरुलाई बुधबार थाईल्इाण्डको राजधानी बैङ्ककबाट नेपाल फर्काइएको हो।
उनीहरुलाई विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैधरूपमा सञ्चालन भएका अनलाइन ठगीका काममा जबरजस्त लगाइने गरेको मन्त्रालयले जनाएको छ।
बैङ्ककस्थित नेपाली राजदूताबासले म्यान्मार तथा थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उनीहरुको उद्धार गरेको बताईएको छ । उनीहरुलाई नेपाल एयरलाईन्सको उडानबाट स्वदेश फकाइएको हो।
उनीहरु नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति नलिई त्यहाँ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाँदा विभिन्न अप्ठ्याराहरु आईपर्ने भन्दै स्वीकृति लिएर मात्र जान सबैलाई सचेत समेत गराएको छ।
मानव तस्करहरुले विभिन्न प्रलोभनमा परी खासगरी युवाहरुलाई ती देशहरुमा पठाउने गरेका छन् ।

प्रतिक्रिया