निर्देशक मनोज पण्डितको लेखन तथा निर्देशन रहेको फिल्म ‘एक’ असोज १ गतेबाट प्रदर्शनमा जाने भएको छ।
कोरोना महामारीका कारण सिनेमा हलहरू बन्द भइरहेको समयमा उक्त फिल्म ओटीटी प्लेटफर्मबाट रिलिज गरिने निर्देशक पण्डितले बताए।
फिल्ममा केन्द्रीय पात्र विशाल पोखरेल छन् भने प्रमोद अग्रहरी, रोशना योगी लगायतका कलाकार मुख्य भूमिकामा छन्।
फिल्म देश विखण्डन गर्न खोज्ने र जोगाउन खोज्नेबीचको द्वन्द्वमाथिको कथावस्तुमा आधारित रहेको निर्देशक पण्डितले बताए।
39
Shares

प्रतिक्रिया