कला


सन्नी देओलका छोरा करण काका अभय देवलसँगै फिल्ममा

सन्नी देओलका छोरा करण काका अभय देवलसँगै फिल्ममा

नेपालखबर
साउन १९, २०७८ मंगलबार ११:५, काठमाडौँ

सन्नी देओलका छोरा करण देओलले फिल्म ‘पल पल दिल के पास’ बाट बलिउडमा डेब्यू गरे। तर, करणको फिल्म बक्स अफिसमा फ्लप भयो।

त्यसपछि उनी कुनै फिल्ममा देखिएनन्। अब करण अजय देवगनको फिल्म ‘वैली’को निर्माणमा देखिँदैछन्। उनले यो फिल्मको सुटिङ सुरु गरेका छन्। करणसँगै उनका काका अभय देओल पनि फिल्ममा देखिनेछन्।

करणले इन्स्टाग्राममा अभय देओलसँग एउटा फोटो शेयर गरे जसलाई उनी डिम्पी चाचा भन्छन्। उनले लेखे, ‘काका, सधैं मेरो  पीठ थपथपाएकोमा धन्यवाद । तपाईं सधैं मेरो लागि एक प्रेरणा बन्नुभएको छ र तपाईंसँग काम गरेको सधैं मेरो यादमा राख्नेछु । म तपाईंलाई धेरै माया गर्छु । हामी सबै फिल्म को लागि सुटिङ गरिरहेका छौं  । धेरै उत्साहित छौं।’

अजय देवगनको प्रोडक्शनमा बन्ने फिल्म ‘वैली’ तेलुगु फिल्म ब्रोचेवरुवेरा को हिन्दी रिमेक हो। यो एक क्राइम कमेडी फिल्म हो। अजय देवगनलाई यो फिल्मको कन्सेप्ट धेरै मनपर्‍यो र उनले यस फिल्मको अफिसियल राइट्स लिए। 

एक रिपोर्ट अनुसार, सनी करण र बबीसँग एक पारिवारिक फिल्म बनाउने योजना छ। यो फिल्मको छायांकन कहिले सुरु हुन्छ भन्ने अझै पनि स्पष्ट भइसकेको छैन ।  तर यो पक्का छ कि सनी यो प्रोजेक्टमा धेरै उत्साहसँग काम गरीरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad