कला


गायिका तथा व्यापारी रिहाना अर्बपतिको सूचीमा

गायिका तथा व्यापारी रिहाना अर्बपतिको सूचीमा

रिहाना


नेपालखबर
साउन २१, २०७८ बिहिबार १२:५१, काठमाडौँ

अमेरिकी गायिका तथा व्यापारी रिहाना अर्बपतिको सूचीमा पर्न सफल भएकी छिन्।

फोर्ब्सका अनुसार उनको फेन्टी ब्युटी कस्पेटिक कम्पनी र भित्री वस्त्र बेच्ने स्याभेज एक्स फेन्टीको मूल्य बढेसँगै रिहानाको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ।

त्यसबाहेक उनले संगीत र अभिनयबाट अन्य पैसा कमाएकी हुन्। 

रिहानाको नाम रोबयिन फेन्टी हो र उनले सन् २०१७ मा फेन्टी ब्युटीसँगै सहकार्यमा खाद्यान्न कम्पनी एलभीएमएच पनि संचालन गरेकी थिइन्।

३३ वर्षकी रिहाना व्यापारभन्दा पनि बढी संगीतबाटै बढी चिनिन्छिन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad