कला


भारतीय कलाकार सिद्धार्थको मृत्युको कारण पत्ता लागेन, उनको घरमा पुग्यो प्रहरी टोली

भारतीय कलाकार सिद्धार्थको मृत्युको कारण पत्ता लागेन, उनको घरमा पुग्यो प्रहरी टोली

नेपालखबर
भदौ १७, २०७८ बिहिबार १४:५६, काठमाडौँ

भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको निधनको कारण पत्ता नलागेपछि अहिले प्रहरीको एक टोली उनको घरमा पुगेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार हृदयाघातका कारण आज उनको निधन भएको भनिए पनि स्पष्ट नभएका कारण प्रहरीले अनुसन्धान थालेको हो। उनको शरीरमा कुनै चोटपटक छैन। 

तर कलाकार सिद्धार्थकाे परिवारले भने उनको मृत्युमा कुनै षड्यन्त्र नभएकाे दाबी प्रहरीसँग गरेकाे छ।  

परिवारजन कुपर अस्पतालमा पोस्टमार्टम रिपोर्टको प्रतीक्षामा छन्। बिहीबार बिहान साढे १० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।  

४० वर्षीय उनी भारतको चर्चित टेलिभिजन शो बिग बोस(१३ का विजेता पनि थिए। चर्चित टेलिश्रृखंला बालिका बधुबाट उनी नेपालीमाझ पनि चर्चामा थिए। उनले कैयौँ बलिउड फिल्ममा पनि अभिनय गरेका थिए।

उनी बुधबार राति औषधि खाएर सुतेका थिए। तर के औषधि खाएका थिए, नखुलेको बताइएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad