कला


निर्देशक सुदर्शन थापाले जन्मदिनमा सुप्रियासँग साटे औंठी

निर्देशक सुदर्शन थापाले जन्मदिनमा सुप्रियासँग साटे औंठी

नेपालखबर
भदौ २१, २०७८ सोमबार १४:४३, काठमाडौँ


निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन्। 

केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ ।

सुदर्शनले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे। सुप्रिया मोडल पनि हुन्।

 

हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्। 

सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad