कोरोना महामारीका कारण दुई वर्षदेखि चलचित्रसम्बन्धी गतिविधि लगभग ठप्प छ। जसले गर्दा कतिपय चर्चित अभिनेता, अभिनेत्री तथा कलाकार म्युजिक भिडिओ तथा सिरियलतर्फ आकर्षित भएका छन्।
यसै मेलोमा नयाँ पुस्ताकी चर्चित नायिका साम्राज्ञी शाह पनि म्युजिक भिडिओमा अभिनय गर्न थालेकी छन्।
दर्शकले अब साम्राज्ञी चाँडै एउटा नयाँ सांगीतिक भिडिओमा देख्न पाउने भएका छन्।
ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको म्युजिक भिडिओमा साम्राज्ञी देखिने भएकी हुन्। जसमा उनले निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका छोराहरू देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग स्क्रिन सेयर गर्नेछिन्।
दिपेश सापकोटाको निर्देशनमा रहेको भिडिओमा गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा गीत छ। डीपी खनालका शब्द रहेको म्युजिक भिडिओमा शंकर थापा स्माइलको संगीत छ भने उदय राज पौडेलले संगीत संयोजन गरेका छन्।
माइकल चन्दको कोरियोग्राफी रहेको गीतको भिडिओ काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
भिडिओ ट्रि मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिने बताइएको छ।
म्युजिक भिडिओका लागि अभिनेत्री साम्राज्ञीले गरेका फोटोसुटका केही तस्बिर :







Shares

प्रतिक्रिया