कला


अमिताभ बच्चनले सुनिल सेट्ठीलाई सोधे- तपाईंले किन कल गर्नुभएन?

अमिताभ बच्चनले सुनिल सेट्ठीलाई सोधे- तपाईंले किन कल गर्नुभएन?

नेपालखबर
असोज ९, २०७८ शनिबार १६:५२, काठमाडौँ


बलिउड अभिनेता अमिताभ बच्‍चनको शो 'कौन बनेगा करोडपति-१३' को सेटमा हालै अभिनेताद्वय सुनिल सेट्टी र ज्याकी श्राफ देखिए। 

सेटमा तीन अभिनेताबीच रमाइला सम्झनाहरू आदान प्रदान भए । 'डन' को सेटमा भेटिँदा सुनिललाई फोन गर्न अमिताभले आफ्नो नम्बर दिएका थिए। यो कुरा कार्यक्रममा सुनिलले खुलासा गरेका छन्। 

'मैले तपाईंलाई बाल्यकालमा पहिलो पटक भेटेको थिएँ। मुम्बईमा मेरो घर नजिकै एउटा फिल्मको सुटिङ थियो। चालक दलले हामीलाई तपाईंसँग भेट्न दिइरहेका थिएनन्', सुनिलले अमिताभलाई विगततिर फर्काउँदै भने, 'त्यसपछि तपाईंले चालक दललाई भन्नुभयो, 'तपाईं बच्चाहरुलाई किन रोक्दै हुनुहुन्छ? उनीहरूलाई आउन दिनुहोस्।', हामी ८ देखि १० जना बच्चाहरूले तपाईंलाई भेट्यौं। तपाईंले जाने बेलामा फोन नम्बर दिनुभयो।'
 
त्यसपछि अमिताभले सोधे, 'तपाईंले किन फेरि कहिल्यै फोन गर्नुभएन?' सुनिलले भने, 'सर, फोन गरिनँ। किनकि कोही पनि भगवानसँग कुरा गर्न सक्दैनन्।' 

 
त्यहीबेला बिग बीले उनलाई गाली गर्दै भने, 'यस्तो कुरा पनि हुन्छ र?'

अनि अमिताभले खुलासा गरे, एक पटक उनले फिल्म सेटमा एक व्यक्तिलाई भेटे। उनले मौका दिएमा फोन गर्ने बताए। दुई तीन दिनपछि अमिताभले फोन गरे। जब ती व्यक्तिले फोन उठाए तब अमिताभले आफ्नो परिचय दिए। उनले यो सत्य हो या हाँसीमजाक गर्न गरिएको फोन कल हो भन्ने विश्वास गर्न सकेनन्। 

एपिसोडकै बेला ज्याकीले अमिताभलाई भने, 'अभिनेताका रूपमा मेरो सुरुवाती दिनमा, तपाईं र म चेन्नईमा सुटिङ गर्दै थियौँ। मैले तपाईंको अटोग्राफ लिने निधो गरेँ। जब म सुटिङपछि तपाईंलाई भेट्न गएँ, मैले अभिषेक र श्वेतालाई भेटेँ, जो मेरो अटोग्राफ चाहन्थे।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad