कला


वीरगन्जमा हुने भयो नेपाली चलचित्र स्वर्णिम महोत्सव

वीरगन्जमा हुने भयो नेपाली चलचित्र स्वर्णिम महोत्सव

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ९:२४,

 ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ कार्तिक २१ देखि २३ सम्म वीरगन्जमा हुने भएको छ।

नेपाल चलचित्र निर्माता संघको आयोजनामा हुने महोत्सवको मुख्य उद्धेश्य कला, संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवर्धन गर्दै प्रदेश नम्बर–२ का जनतासँग चलचित्रको आत्मियता बढाउनु रहेको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यमा महोत्सवको घोषणा गरिएको थियो।

जहाँ कलाकार दीपकराज गिरी, सुनिल कटुवाललगायतकाको उपस्थित थियो। महोत्सवमा नेपाली तथा भारतीय फिल्म क्षेत्रसँग सम्बन्धित कलाकार, विज्ञ, लेखक एवं प्राविधिकको उपस्थिति हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .