ad ad

कला


हिरासतमा रहेका छोरा ‘आर्यन’सँग ‘शाहरुख’ले अँगालो मारेको भिडिओ भाइरल भएपछि...

हिरासतमा रहेका छोरा ‘आर्यन’सँग ‘शाहरुख’ले अँगालो मारेको भिडिओ भाइरल भएपछि...

नेपालखबर
असोज २२, २०७८ शुक्रबार १६:३५, काठमाडौँ

‘ड्रग्स पार्टी’ गरेको अभियोगमा गिरफ्तार अभिनेता शाहरुख खानका छोरा आर्यन खानसम्बन्धी एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

जुन भिडिओमा शाहरुख खानले छोरा आर्यन खानसँग अँगालो मारेको देखिन्छ र यसपछि आफ्नै साथ लिएर जान्छन्। 

वास्तविकता के हो?
वास्तवमा त्यस भाइरल भिडिओलाई गहिरिएर हेरियो भने शाहरुख खान र आर्यन खान होइनन्, बरु उनीहरू जस्तै देखिने अर्कै व्यक्तिहरू हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुख खानका डुप्लिकेट इब्राहिम कादरीको सामाजिक सञ्जाल अकाउन्ट चेक गर्दा उनी र गुफरान रुमी रहेको पत्ता लागेको हो। 

गुफरान रुमी र इब्राहिम कादरीलाई एकसाथ देख्दा जो कोही झुक्किन सक्छन्– शाहरुख खान र उनका छोरा आर्यन खान नै हुन् भनेर। 

आर्यन खानका डुप्लिकेट गुफरान रुमीले आफ्नो इन्स्टाग्राममा भनेका छन्– भाइरल भिडिओमा न शाहरुख खान हुन् न आर्यन खान। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .