पोखरालाई कर्मथलो बनाउँदै आएकी चर्चित लोकदोहोरी गायिका सरस्वती लामिछाने र सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
‘ढाँचा पा¥यो नभने’ बोलको उक्त गीतमा शिव अखेलीकाे शब्द तथा लय रहेको छ।
गीतको म्युजिक भिडियो गायिका लामिछानेकै आधिकारिक युट्युव च्यानल सरस्वती लामिछानेबाट सार्वजनिक भएको हो।
प्रेमी–प्रेमिकाको रुपको तारिफका केन्द्रित गीतको म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका छन्। निर्देशक क्षेत्री र प्रियंका आचार्य ‘मुन्नी’को अभिनय रहेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन्। भिडियोमा पोखरा र पर्वतका सुन्दर दृश्यहरु समावेश गरिएको छ।
यसअघि लामिछाने र अखेलीले गाएको ‘भिर्नी झोला’मा बोलको गीतले दुई करोडभन्दा बढी भ्युज पाएको थियो।
गायिका लामिछानेले गीतको सबै पक्षले मेहेनतका साथ काम गरेका कारण गीत र भिडियो दुबै राम्रो बनेका कारण दर्शकले रुचाउनेमा आफू ढुक्क रहेको बताइन्।
‘यसअघि ‘भिर्नी झोलामा’लाई पनि दर्शकले अत्याधिक माया गरिदिनुभएको थियो’, उनले भनिन्, ‘सोही टिमले थप मेहेनतका साथ यो गीत तयार पारेका छौँ, दर्शक श्रोताले अवश्य रुचाउनुहुन्छ भन्ने विश्वास गरेका छौँ।’ उनले गीतको भिडियो पनि राम्रो बनेको बताइन्।
गायिका लामिछानेका यसअघि ‘भिर्नी झोलामा’, ‘आमउने जाने बसैको भाडा तिरम्ला’, ‘ओबामाको देश’, ‘चढ्यो चढ्यो जवानी’, ‘मुन्छे झिल्के झिल्के’ लगायतका दुई दर्जनबढी गीत सार्वजनिक भइसकेका छन्।
भिडिओ :
Shares

प्रतिक्रिया