बलिउड अभिनेता अमिताभ बच्चन कहिलेकाहीँ आफ्ना व्यक्तिगत जीवनमा जोडिएका स–साना कुरा सेयर गर्छन्।
हालै उनले घरमा चमेरो पसेको कुरा बताए। चमेरो घरमा बसेका कारण घरका सदस्यहरू डराएको उनले बताए।
अमिताभले ब्लगमा भनेका छन्, ‘एकपटक फेरि चमेरो घरभित्र पस्यो। सावधानी अपनाएपछि पनि हिजो फेरि देखापर्याे। सबै आवश्यक उपकरण संकलन गर्न लागेका छौं, जसले चमेराबाट छुटकारा पाउने र डराएको परिवारका सदस्यहरूलाई राहत दिनेछ।’
उनले थप लेखेका छन्, ‘...तपाईसँग केही नयाँ उपाय छ जुन हामीले आजसम्म प्रयास गरेका छैनौं भने ल्याउनुहोला। हामीले धुम्रपान, सेनिटाइज्ड तरल पदार्थ, इलेक्ट्रोनिक रिपेलन्ट ग्याजेटहरू र सबै भन्दा व्यावहारिक सबै ठाउँमा युकेलिप्टसको तेल छर्क्यौं।’
अमिताभका धेरै फिल्म रिलिजको पाइपलाइनमा छन् भने धेरैको सुटिङ रोकिएको छ। अमिताभ बच्चन चाँडै मेडे, चेहरे, ब्रह्मास्त्र, झुण्ड जस्ता फिल्ममा देखिनेछन्। यससँगै उनी अहिले ‘कौन बनेगा करोडपति’ सिजन १३ को सुटिङमा व्यस्त छन्।
Shares

प्रतिक्रिया