कला


‘शिखर टिकटक स्टार नेपाल रियालिटी सो’ सञ्चालन हुँदै, विजेतालाई कार पुरस्कार

‘शिखर टिकटक स्टार नेपाल रियालिटी सो’ सञ्चालन हुँदै, विजेतालाई कार पुरस्कार

‘शिखर टिकटक स्टार नेपाल रियालिटी सो’ सञ्चालनबारे बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन।


नेपालखबर
कात्तिक २५, २०७८ बिहिबार ६:४५, काठमाडौँ

टिकटकमा आधारित टेलिभिजन रियालिटी सो सञ्चालन गरिने भएको छ। 

शिखर नेपालले  ‘शिखर टिकटक स्टार नेपाल रियालिटी सो २०७८’ सञ्चालन गर्ने भएको हो।  

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता सञ्चालन गरिने जानकारी दिइएको हो। 

टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउने अपेक्षासहित कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक शिखर नेपालका अध्यक्ष शेखर खनालले जानकारी दिए। उनका अनुसार उक्त प्रतियोगिता नाइस टेलिभिजन एचडीबाट प्रसारण गरिनेछ। 

टेकप्रसाद बास्तोला निर्माता रहेको टेलिभिजन सोमा गायन, नृत्य, अभिनय तथा रचनात्मक प्रस्तुतिका साथ सहभागी हुन पाइनेछ। आयोजकका अनुसार भिडिओ १५ सेकेन्डदेखि ३ मिनेटसम्मको हुनुपर्नेछ भने अनलाइन अडिसन मंसिर मसान्तसम्मका लागि आह्वान गरिएको छ। 

उक्त प्रतियोगिताको निर्णायकमा कलाकारहरू गौरी मल्ल, रमेश उप्रेती तथा वर्षा सिवाकोटी रहेने जनाकारी पत्रकार सम्मेलनमा दिइयो। 

प्रतियोगितामा प्रथम पुरस्कार कार, दोस्रो पुरस्कार मोटरसाइकल र तेस्रो पुरस्कार स्कुटर दिइने आयोजकले जनाएको छ। 

साथै टप १० भित्र पर्ने प्रतिस्पर्धीका लागि पनि कम्प्युटर, क्यामेरा, टीभी,  फ्रिज, मोबाइल, घडीलगायत उपहार राखिएको सोका निर्देशक हरी शर्माले जानकारी दिएका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यमा भएको कार्यक्रम घोषणा समारोहमा अभिनेताद्वय भुवन केसी र सरोज खनाल, चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दीप अर्याल, साहित्यकार भिष्मराज फुलारा, सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्यलाई शिखर सम्मान–२०७८ प्रदान गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad