कला


बलिउड अभिनेता राजकुमार र पत्रलेखाबीच विवाह

बलिउड अभिनेता राजकुमार र पत्रलेखाबीच विवाह

नेपालखबर
कात्तिक ३०, २०७८ मंगलबार ५:२३, काठमाडौँ

बलिउड अभिनेता राजकुमार राओ र पत्रलेखा पलले आपसमा विवाह गरेका छन्। 

राजकुमारले इन्स्टाग्राममा बिहे गरेको तस्बिर सार्वजनिक गर्दै ११ वर्षदेखिको प्रेम र मित्रता अन्ततः विवाहमा परिणत भएको जानकारी दिएका हुन्। 

राजकुमारले लेखेका छन्, ‘११ वर्षको प्रेम, मित्रता, रोमान्सपछि मैले मेरी आत्मसाथी तथा बेस्ट फ्रेन्डसँग विवाह गरेको छ।’​

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै परिवार, आफन्त र साथीभाइहरूको उपस्थितिमा उनीहरूबीच चन्डिगढमा लगनगाँठो कसिएको हो। 

राजकुमारले पत्रलेखाको पति बन्न पाएकामा ज्यादै खुसी लागेको बताएका छन् भने पत्रलेखाले पनि राजकुमार आफ्ना लागि सबथोक भएको प्रतिक्रिया दिएकी छन्। 

प्रभावशाली बलिउड अभिनेता राजकुमार राओले ‘शहीद’, ‘ओमेर्ता’, ‘काइ पो चे’लगायत चलचित्रमा अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad