अहिलेसम्म एउटा मात्र फिल्म खेलेकी नायिका तथा मोडल एलिजा गौतमले अर्काे चलचित्रमा अभियन गर्ने भएकी छन्।
एलिजाले रामजी दैलेखीले बनाउन लागेको नेपाली चलचित्र ‘घुँइचो’मा अभिनयका लागि सम्झौता गरेकी हुन्। यो फिल्म आफ्नो करिअरको दोस्रो भएको एलिजाले बताएकी छन्।
‘आज (बुधबार) फेरि अर्को खुसी र जिम्मेवारी थपिएको छ ममाथि’, एलिजाले भनेकी छन्, ‘मैले मेरो जीवनको पहिलो चलचित्र अनुराग खेलेसँगै दर्शकसँग धेरै कुरा सिक्ने मौका पाएँ। त्यसैलाई मध्यनजर गर्दै आफ्नो कमजोरीलाइ हटाउँदै दोस्रो चलचित्र ‘घुइँचो’मा अनुबन्धित हुने अवसर पाएको छु।’
त्यसका लागि उनले ‘घुइँचो’का निर्माता रामजी दैलेखीप्रति आभार प्रकट गरेकी छन्।
दर्शकलाई नायिका एलिजाले भनेकी छन्, ‘अघिल्लो चलचित्रमा आफूले गरेको कमजोरी यसमा मेटाउने कोसिस गर्ने छु।’
क्यानडाबाट फर्किएको केही समयपछि नायिका एलिजाले ‘घुइँचो’ खेल्न निर्माता दैलेखीका साथ सम्झौतापत्रमा हस्ताक्षर गरेकी हुन्।
आरजे म्युजिक एन्ड मिडियाको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राबारे कथा हुने निर्माण पक्षले जनाएको छ।
Shares

प्रतिक्रिया