बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन्। ४६ वर्षीया प्रीतिले सरोगेसी (भाडाको कोख) मार्फत जुम्ल्याहा सन्तान पाएकी हुन्।
प्रीतिले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएकी हुन्।
उनले लेखेकी छन्, ‘म आज सबैभन्दा ठूलो खुसीको खबर सबैसँग बाँड्न चाहन्छु। जिन र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र प्रेमले भरिएको छ, किनकि हामीले हाम्रा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई हाम्रो परिवारमा स्वागत गरेका छौं।’
उनले अगाडि लेखेकी छन्, ‘हामी जीवनको यो नयाँ चरणले निकै उत्साहित छौं। म यस सुन्दर यात्राका लागि डाक्टर, नर्स र हाम्रो सरोगेटलाई धन्यवाद दिन चाहन्छु। तपाईंहरू सबैलाई धेरै धेरै माया।’
— Preity G Zinta (@realpreityzinta) November 18, 2021Hi everyone, I wanted to share our amazing news with all of you today. Gene & I are overjoyed & our hearts are filled with so much gratitude & with so much love as we welcome our twins Jai Zinta Goodenough & Gia Zinta Goodenough into our family. pic.twitter.com/wknLAJd1bL
जिन र प्रीतिबीच ५ वर्षअघि भएको थियो विवाह
प्रीति जिन्टाले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग फेब्रुअरी २९, २०१६ मा लस एन्जलसमा एक निजी समारोहमा विवाह गरिन्। यो विवाह राजपुत शैलीमा भएको थियो।
गोप्य रूपमा विवाह भएको र उनीहरूको विवाहको तस्बिर पनि करिब ६ महिनापछि मिडियामा आएको थियो। दुवै अमेरिकामा बस्छन्।
जिन लस एन्जलसमा पेसाले वित्तीय विश्लेषक हुन्।
प्रीतिको करियरको कुरा गर्दा उनले १९९८ मा आएको फिल्म ‘दिल से’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। २०१८ मा आएको फिल्म ‘भैयाजी सुपरहिट’ उनको अन्तिम फिल्म थियो।
के हो सरोगेसी?
कानुनी रूपमा बाँधिएको एउटा समझौता– जहाँ एक महिला (कोख भाडामा दिने आमा) र अन्य व्यक्तिबीच भएको सम्झौताअनुरूप बच्चा जन्माउन राजी हुन्छन्, बच्चाको जन्म भइसकेपछि उक्त बच्चाप्रतिको उनको दायित्व समाप्त हुन्छ।
विभिन्न कारणले मानिसहरूले यो तरिकाको प्रयोग गरेर बच्चा जन्माउने गर्छन्। कसैको पाठेघरमा वा अन्य शारीरिक कारणले बच्चा जन्माउन नसक्ने अवस्था, अथवा एक पुरुष जोडीले वा महिला जोडीले बच्चा जन्माउने चाहना राख्दा वा यस्तै कुनै अवस्थामा मानिसहरूले सरोगेसीको मद्दत लिन्छन् वा व्यवस्था खोज्छन्। सरोगेसी विभिन्न प्रजनन प्रविधिहरूद्वारा सम्पन्न गरिन्छ।
कोही शुल्क लिएर वा नलिएर पनि सरोगेसीबाट बच्चा जन्माउन तयार हुन्छन्। भाडामा कोख दिनु पनि एउटा व्यापार नै मान्नुपर्छ। संसारभरि यससम्बन्धी नियममा फरकपन पाइन्छ। यो प्रक्रियाबाट बच्चाको जन्म दिनु कतिपय देशमा कानुनसम्मत छ भने कतिपय देशमा यो गैरकानुनी छ। नेपालमा यो गैर कानुनी हो।
बच्चा जन्म दिने महिलाले आफ्नै अण्डको प्रयोग गरेर गर्भ बोक्ने एउटा तरिका हो भने अर्को तरिकामा बाहिरबाट शुक्राणु र डिम्ब ती महिलामा प्रत्यारोपण गरिन्छ।
Shares

प्रतिक्रिया