कला


स्वस्तिमा अभिनित चलचित्र चपली हाइट-३ को ट्रेलर (भिडियोसहित)

स्वस्तिमा अभिनित चलचित्र चपली हाइट-३ को ट्रेलर (भिडियोसहित)

नेपालखबर
मंसिर ३, २०७८ शुक्रबार २१:३८, काठमाडौँ

निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ।

राजधानीमा एक कार्यक्रमबीच शुक्रवार सार्वजनिक गरिएको चलचित्रको  ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ।

२ मिनेट ३६ सेकेण्डको ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिइएको छ। ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ। आगामी पुस २ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ।

अर्जुन कुमारको निर्माण रहेको चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय छ। 

अभिनेत्री खड्काले पहिलो पटक आफूले फरक जनराको चलचित्रमा काम गरेकाले नयाँ अनुभूति भएको बताइन्।

डिपी खनालको शब्द रचना, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशक, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘चपली हाइट ३’ क्राइम–थ्रिलर जनरामा निर्माण भएको हो। 

नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन्।

भिडियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad