कला


जेठी श्रीमती कोपिलासँग डिभोर्स गरे निखिल उप्रेतीले

जेठी श्रीमती कोपिलासँग डिभोर्स गरे निखिल उप्रेतीले

फाइल तस्बिर : जेठी पत्नी कोपिलासँग नायक निखिल उप्रेती।


नेपालखबर
मंसिर १६, २०७८ बिहिबार ४:५६, काठमाडौँ

अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिलासँग सम्बन्ध विच्छेद गरेका छन्। 

अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि जेठीसँग अलग्गिएका उनले कानुनी रुपमै डिभोर्स गरेका हुन्। 

उप्रेतीले गत भदौ १ गते नै भक्तपुर जिल्ला अदालतबाट कोपिलासँग डिभोर्स गरेका हुन्। 

निखिल र कोपिलाले डिभोर्सका लागि निवेदन दिएको भोलिपल्टै अदालतले दुवै पक्षको मञ्जुरीमा सम्बन्धविच्छेद गराइदिएको हो।
 

‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र त्यही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी ब्यहोरासमेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलव र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलव सम्बन्धविच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सहीछाप समेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र प्रमाणित गरिएको छ,’न्यायाधीश उमेश कोइरालाले हस्ताक्षर गरेको आदेशमा भनिएको छ। 
 
अदालतले जारी गरेको सम्बन्ध विच्छेदको कागजमा निखिल र कोपिलाले छुट्टिनुको कारण खुलाएका छैनन्। 

अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिनुअगाडि नै उनीहरुले लेनदेन भएर कुरा मिलाएका थिए। 

निखिलले कोपिलालाई भक्तपुरमा रहेको घर दिएको बताइएको छ। कोपिला अहिले त्यही घरमा छोरासँग छिन्। 
 
घरबाहेक निखिल उप्रेतीले कोपिलालाई ५० लाख नगद र छोरो पाल्न मासिक ५० हजार दिन तयार भएका छन्। 

फिल्मी करिअर थाल्दै गर्दा निखिलले कोपिलासँग बिहे गरेका थिए। तर कोपिलासँग सम्बन्ध हुँदा हुँदै उनले सञ्चिता लुइँटेललाई ल्याएका थिए। सञ्चितातर्फ एक छोरा र एक छोरी छन्। 

पूर्वपत्नी र उनीतर्फका छोराका साथमा नायक निखिल उप्रेती।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad