चर्चित भारतीय कलाकारहरू विजय सेतुपति, केके मेनन र राशी खन्ना काठमाडौं आउने भएका छन्।
वेब सिरिज ‘फेक’ सुटिङका लागि उनीहरू काठमाडौं आउने भएका हुन्।
यसमा शाहिद कपुरले पनि अभिनय गर्नेछन्। तर नेपालमा उनको दृश्य नभएकाले उनी नेपाल आउने छैनन्।
नेपालमा उक्त वेब सिरिज छायांकनको व्यवस्थापक थ्री ह्विलर्स फिल्म्स प्रालिका अनुसार यसको छायांकन यही हप्ता सुरु हुनेछ।
कृष्णदशारा कोथापाली र राज निदिमोरुको निर्देशन रहने वेब सिरिज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वसन्तपुरलगायत काठमाडौंका विभिन्न स्थानमा करिब ४ दिन छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
यसअघि भारतीय फिल्म ‘उचाइ’ छायांकनका लागि पनि बलिउड कलाकार अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन नेपाल आएका थिए। उनीहरू झन्डै एक महिना बसेका थिए।
Shares

प्रतिक्रिया